यात्रुबाट बढी भाडा लिन खोज्ने ९ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

टिकट काउन्टरमा परिचयपत्र बहाकले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरूले बिचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले उपत्यका बाहिरिने यात्रुहरूसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तीहरूलाई निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरूसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस