कोरोना अपडेटः ६६६ जनामा संक्रमण पुष्टि, ६२२ जना संक्रमण मुक्त

काठमाडौं ।पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३७२ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १० हजार २९८ र एन्टीजेनबाट ९४ हजार २१५ पुगेको छ।

नेपालमा हाल १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस