ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खाता खोल्दा ५.७५ प्रतिशत ब्याज

काठमाडाैँ । ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ ।

यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो ।

बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा र डेबिट कार्ड सुविधा निःशुल्क पाउन सकिने बैंकले जनाएको छ ।

यस बचत खातामा महिला निक्षेपकर्ताहरूका लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरूले ज्योति स्मार्ट सेभिङ खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालय अथवा अनलाइनमार्फतपनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्ने बैंकले दाबी गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस