प्रदिप नेपाल

गगन थापा घरदैलोमा व्यस्त

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चावहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्। एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। २०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन् ।

पुरा पढ्नुहॊस »

मेसिनमा च्यापिएर रोमानियामा म्याग्दीका एक युवाको मृत्यु

पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर तीन महिनाअघि बैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवाको काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएपछि घर परिवारको विचल्ली भएको छ । यतिबेला पुरै गाउँ शोकमा डुबेको छ। गत साउनमा रोमानिया गएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षिय देबेन्द्र पुनको बुधवार (नोभेम्वर २) टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर मृत्यु भएको म्याग्दी प्रवासी नेपाली …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा गृह जिल्लामा व्यस्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ। सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ। उहाँले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसक्नुभएको छ। प्रधानमन्त्री देउवा कात्तिक २२ गतेसम्म जिल्लामा रहनुहुने कार्यक्रम तय भएको छ। उहाँ सातवटा चुनावीसभामा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा …

पुरा पढ्नुहॊस »

चार प्रदेशमा मतपत्र ढुवानी सकियाे

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो। बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो। शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश १ को मतपत्र ढुवानी शुरु हुने निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने …

पुरा पढ्नुहॊस »

नवलपरासीमा बस दुर्घटना, चालकसहित २२ जना घाइते

नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् । भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

पुरा पढ्नुहॊस »

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ। राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। “मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने …

पुरा पढ्नुहॊस »

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाई…’ सार्वजनिक

आगामी ४ मंसिरको निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाई…’ बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ। गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ। यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका …

पुरा पढ्नुहॊस »

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ।

पुरा पढ्नुहॊस »

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ। मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ। बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ। २९ हजार ४७ पटकको सेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो। जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ। बजार बढे पनि …

पुरा पढ्नुहॊस »

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउनु भएको छ। बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउनु भएको हो। वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो। सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने …

पुरा पढ्नुहॊस »