प्रदिप नेपाल

कांग्रेसले घोषणापत्र कार्यान्वयन गर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सक्ने विषय मात्र राखेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताउनुभयो । “जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने”, उहाँले प्रतिप्रश्न गर्नुभयो। उहाँले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने …

पुरा पढ्नुहॊस »

विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ। हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए। ‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा …

पुरा पढ्नुहॊस »

मतदानको दिन सवारीसाधन सञ्चालन हाेलान् ?, के भन्छ आयाेग ?

निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ। आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनु पर्ने सुझाव दिएको जानकारी दिए। तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदैछ।  

पुरा पढ्नुहॊस »

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित …

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा (नामावलीसहित)

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका छन् । १६ नोभेम्बरमा दशरथ रंगशालामा हुने खेलका लागि मंगलबार प्रशिक्षक नियुक्त भएका कटुवालले कप्तान किरण चेम्जोङसहित ३० खेलाडी समावेश गरेका छन् । लामो समय फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानले नेपालविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ। त्यसका लागि पाकिस्तानले खुला छनोटबाट टिम तयार गरेर बन्द प्रशिक्षणमा छ। ३० सदस्यीय नेपाली टिमः किरण चेम्जोङ, …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२ ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी साउदी अरेवियन रियाल …

पुरा पढ्नुहॊस »

सेयर बजार १६.३९ अंकले वृद्धि

साताको दोश्रो तथा काराेबारकाे पहिलाे दिन साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ। क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ। सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो। १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेकाे छ भने ६५ कम्पनीको मूल्य घटेको छ। साथै १० कम्पनी स्थिर रहे । १८५ वटा कम्पनीका २५ लाख …

पुरा पढ्नुहॊस »

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने ३६ जना संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

पुरा पढ्नुहॊस »

एक करोड थान मतपत्र छाप्न बाँकी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ …

पुरा पढ्नुहॊस »

निर्वाचनमा मतपत्रको रंग कस्तो ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ। यसैगरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेताे पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य …

पुरा पढ्नुहॊस »