सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ। मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ।

बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ। २९ हजार ४७ पटकको सेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो। जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ।

बजार बढे पनि १३ वटा उपसमूमध्ये तीन वटा उपसमूहका सूचक राताम्मे भएका छन्। १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन्।

बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलोपमेन्ट बैंक छन्। उक्त कम्पनीको सेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ।

आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन्। उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ। शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता सेयर कारोबार हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ।

 

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस