विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ। हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं। सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, ‘यातायातमा आवश्यक निर्णय गर्छौं। नियमित र अनुशासितरूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थितरूपमा केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ।’

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ। दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ। उसले घोषितरूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस