मतदानको दिन सवारीसाधन सञ्चालन हाेलान् ?, के भन्छ आयाेग ?

निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनु पर्ने सुझाव दिएको जानकारी दिए।

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदैछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री