प्रदिप नेपाल

सेयर बजार: ६०.२२ अंकले बढ्यो नेप्से

दुई सातापछि सेयर बजार हरियाली बनेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंक बढेको हाे। यससँगै नेप्से २ हजार ८० अंकमा पुगेको छ। जेठ ११ गते यता बजार लगातार घटेकाे थियो । बुधबार १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकाे छ। सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य …

पुरा पढ्नुहॊस »

मल आयात गर्न संरचना परिवर्तन गरौँ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए । सरकारले किसानलाई मल नदिने र सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने गरेको टिप्पणी गरेका उनले मल आयात गर्ने संरचना नै परिवर्तन गर्नुपर्ने …

पुरा पढ्नुहॊस »

संसदमा गृहमन्त्री खाणको राजीनामा माग

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागिएको छ। प्रतिनिधि सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन्। ‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । …

पुरा पढ्नुहॊस »

“आइएमई पे” मार्फत “फुडमान्डु”को भुक्तानीमा १५% क्यासब्याक

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ । यस अफरको नियम स्वरुप केवल …

पुरा पढ्नुहॊस »

‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमाार वानिया, राजनैतिक विश्लेषक शंकर तिवारी र लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । पुस्तक बारेमा पूर्वमन्त्री तथा प्रमुख अतिथी थापाले नेपाली रैथाने जडिबुटी निर्यात गरेर व्यापार घाटामा न्यूनीकरण गर्न सकिने बताउनु भयो । साथै योग, आयुर्वेद, रैथाने ज्ञान …

पुरा पढ्नुहॊस »

चार जना जनप्रतिनिधिलाई निलम्बन गराउन अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो। कैलाली जिल्ला, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलगायतलाई निलम्बन कार्यान्वयन गराउन लेखी पठाइएको छ। उपाध्याय वडा नम्बर २ का अध्यक्ष हुँदा सार्वजनिक …

पुरा पढ्नुहॊस »

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किए, एक जनाको मृत्यु

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नं. को कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नं. को मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नं.को ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि …

पुरा पढ्नुहॊस »

स्रोत नखुलेको ३ करोड ८९ लाख बरामद, चार जना चिनियाँसहित पाँच जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो। प्लाष्टिकको बोरामा लुकाई …

पुरा पढ्नुहॊस »

सरकारले विश्व बैंकबाट सवावेशी विकासका लागि १२ अर्ब ऋण लिने

सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। ‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन वार्ताटोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री …

पुरा पढ्नुहॊस »

चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला

चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ। सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकैबारीमा फेला परेको हो। नेपाली कांग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको …

पुरा पढ्नुहॊस »