गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि गृहमन्त्री खाणले उक्त निर्देशन दिएका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरि विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार
पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ। जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन्।
जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ सवार छन्।
यसैगरी बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, मेइक ग्रीटग्राफ र वी विलनर पनि जहाजमा सवार रहेका खुलेको छ।
प्रतिकृया दिनुहॊस