१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज मनाईंदै

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालसहित विश्वभर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ।

सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो । सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको रुपमा सगरमाथाको पहिचान जोडिएको थियो ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको दिनलाई २००८ देखि सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री