प्रदिप नेपाल

कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मंगलबार कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुरूप समावेशी आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित रहेको छ। कर्णाली विकासको प्रमुख आधार …

पुरा पढ्नुहॊस »

युक्रेनलाई विश्व बैंकले थप १ दशमलब ५ अर्ब डलर सहयोग दिने

युद्धले तहसनहस पारेको युक्रेनका लागि विश्व बैंकले थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ। योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ। २४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ। युद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ। नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक …

पुरा पढ्नुहॊस »

नास्टका वैज्ञानिकद्वारा सिसडोलको अध्ययन, पानी पनि प्रदूषित भएको पुष्टि

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो। टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर …

पुरा पढ्नुहॊस »

मनसुनसहित तीन वायुको असर, यस्ताे छ मौसम पूर्वानुमान

नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुकाे असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यूनचापीय रेखाको प्रभाव पनि नेपालमा छ। बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंककाे ‘समयसँगै परिवर्तनको आवश्यकता’ सार्वजनिक (भिडियाेसहित)

मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गसम्बन्धित साक्षरता जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ। भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानैदेखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन् , त्यसगरि सन्तान ठूलो भएपछि उनको कर्तव्य पनि आफ्नो आमाको सहायता गर्नु हो भन्ने सन्देश देखाइएको छ। आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिएकाे छ । अहिलेको युगमा …

पुरा पढ्नुहॊस »

नेपाली सेनाको नेतृत्वमा सञ्चालित “सफा हिमाल अभियान २०२२” सफलतापूर्वक सम्पन्न

नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवनकाे शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ। बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ । यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना र्यालीको पनि आयोजना गरेको …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लमजुङ शाखा कार्यालयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो । जनमानसमा बीमाको महत्व, बीमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो । …

पुरा पढ्नुहॊस »

साहित्य सङ्गमद्वारा हेटौंडामा चार जना स्रष्टा सम्मानित

साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ। गोपालप्रसाद रिमालको स्मृतिमा रिमालको प्रतिमास्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको …

पुरा पढ्नुहॊस »

शेखर ढुंगेलको कथाकृति “जात” लोकार्पण

साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उहाँले नेपाली साहित्यमा थप योगदान गर्नुभएको बताउनुभयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधान र आख्यानकार …

पुरा पढ्नुहॊस »