प्रदिप नेपाल

प्रदेश १ काे नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ। प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम आव २०७९/८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेश गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताए। उनले बहुवर्षीय योजनामा विगतका सरकारले पर्याप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको …

पुरा पढ्नुहॊस »

भक्तपुरमा साहुको हत्या, आशङ्कामा चार जना पक्राउ

मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ। घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए। प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको …

पुरा पढ्नुहॊस »

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको …

पुरा पढ्नुहॊस »

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय निलम्बित

कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन्। आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो । निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर …

पुरा पढ्नुहॊस »

नेपालमा थप १९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर र १ हजार २९१ जनाको एन्टीजेन गरि ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना …

पुरा पढ्नुहॊस »

रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी कार्यक्रम

आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिट्यान्स सचेतनासम्बन्धी नारा अंकित प्लेकार्ड बोकेका …

पुरा पढ्नुहॊस »

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा फेला

करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो। सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले …

पुरा पढ्नुहॊस »

जनताको सेवामा समर्पित हुन नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छिन् । ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, “जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ट हुनुहोला ।” उनले महालक्ष्मी नगरको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । …

पुरा पढ्नुहॊस »

१७ जना कोरोना संक्रमित थपिँदा, ११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ८ जनामा गरि १७ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ७ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन । एक दिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या ८१ हजार ९१२ रहेकाे छ।

पुरा पढ्नुहॊस »

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छः बालेन्द्र साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन्। क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् । महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए। शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो, यसलाई सेवाकै रुपमा लिनुपर्छ, व्यापार …

पुरा पढ्नुहॊस »