मुक्तिनाथ बैंककाे ‘समयसँगै परिवर्तनको आवश्यकता’ सार्वजनिक (भिडियाेसहित)

मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गसम्बन्धित साक्षरता जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानैदेखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन् , त्यसगरि सन्तान ठूलो भएपछि उनको कर्तव्य पनि आफ्नो आमाको सहायता गर्नु हो भन्ने सन्देश देखाइएको छ। आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिएकाे छ ।

अहिलेको युगमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न कारोबारहरु डिजिटल बैंकिङ्ग मार्फत नै हुने गरेका छन् । कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्ध–वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ्ग सोचेभन्दा गाह्रो हुन पनि सक्छ।

बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिचार्ज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यसकाे साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।

बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
भिडियो यस्ताे छः

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री