सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लमजुङ शाखा कार्यालयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।

जनमानसमा बीमाको महत्व, बीमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री