मनसुनसहित तीन वायुको असर, यस्ताे छ मौसम पूर्वानुमान

नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुकाे असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यूनचापीय रेखाको प्रभाव पनि नेपालमा छ।

बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । …

प्रतिकृया दिनुहॊस