चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किए, एक जनाको मृत्यु

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एक जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नं. को कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नं. को मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नं.को ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो। ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस