चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मंसिर २६ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मिति सँगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेस गरेका छन् ।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमेस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । यसै चलचित्र मार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। आफ्नो डेब्यु चलचित्रलाई लिएर दुवै जना उत्साहित छन् ।

संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन् । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री