एमाले नेताहरूलाई निषेध गर्नु जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो टिप्पणी गरेका हुन् ।

महामन्त्री शर्माले सिमरा घटनालाई जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको बताएका छन् । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन् । त्यसैले सिमरा घटना जेनजी भावना होइन, दुरुपयोग हो’ उनले भने ।

शर्माले निषेधको राजनीति नगर्न अपील गरेका छन् । ‘निषेधको राजनीति कसैले नगरौं’उनले भने ।

उनले भ्रमणको वातावरण तयार नगरी चुनाव गर्न नसकिने कुरा गर्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री