आज काठमाडौंमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आज काठमाडौं कार्यक्रम गर्ने भएको छ। बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गरी एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गर्ने भएको हो ।

एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा युथ फोर्स तयार पारेको छ । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको बताए।

त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने बताएको छ। त्यस दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्ने भनिएको छ।

दुई दिन अघिदेखि बाराको सिमरामा भएको तनावका कारण प्रशासनले एमालेको कार्यक्रममा सुरक्षा चुनौती हुनसक्ने जनाएको छ । कन्द्रीय सुरक्षा समितिको बैठकमा यसबारे छलफल भएको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

बारामा एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई कार्यक्रममा जानबाट केही युवाले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । उक्त तनावका कारण त्यहाँ कर्फ्यू आदेश जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री