काठमाडौं । ज्योति विकास बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाइ टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने भएको छ।
बैंकले क्यासब्याक योजना सार्वजनिक गरेको हो। योजनामार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाइ टिकट खरिद गर्न पाउनेछन्। योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाइ टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ।
ज्योति स्मार्ट एपबाट हवाइ टिकट खरिद गर्दा अफर बक्समा “फ्लाई५००” प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ। साथै, पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।
सीमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ।
अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।




