देशभर मौसम सफा, कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज पनि देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री