news

सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम …

पुरा पढ्नुहॊस »

श्रम समितिको सभापतिमा जेबी टुहुरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापतिमा निर्वाचित भएका छन् । समितिको बिहीबार बसेको बैठकले सांसद खड्गीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । यसअघि माओवादी केन्द्रकै प्रभु शाह यो समितिको सभापति थिए । नयाँ सरकार गठनसँगै उनी सहरी विकासमन्त्री भएपछि सभापति पद रिक्त थियो । आजको समितिको बैठकमा कांग्रेसका भरतबहादुर खड्काको प्रस्ताव र माओवादी केन्द्रका गणेशमान पुनको समर्थनमा खड्गी निर्विरोध …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खोल्नैपर्ने

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीले अब अनिवार्य रुपमा दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान सरकारले ल्याउने भएको छ । दुई खातामध्ये एउटा आफ्नो नाममा हुनेछ भने अर्को परिवारका नाममा । श्रममन्त्री फरमुल्लाह मन्सुरले उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्न दुई आताको अवधारणा ल्याइएको बताए ।   उनले भने, ‘वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेका छन् । यो रोक्नलाई दुईवटा बैंक खाता अनिबार्य रुपमा खोल्नुपर्ने व्यवस्था गर्दैछौं …

पुरा पढ्नुहॊस »

ढकनी बनाउने तरीका

सामग्री :  सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने दूध ,शुद्ध घिउ , अनदीको चामल र स्वाद अनुसार चिनी बनाउने विधि शुरुमा चामललाई एक जति घन्टाअघि दूधमा भिजाउने । भाँडामा घिउ राख्ने त्यसपछि दूधमा भिजाको चामल हालेर भुट्ने । चामल खैरो भएपछि  दूध र चिनी हालेर  मधुरो राप लगाएर पकाउने । अब  ढकनी तयार भयो।  

पुरा पढ्नुहॊस »

महाअभियोगको प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

काठमाण्डौ । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध  दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।  

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ चारवटा शाखा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।अब  बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषले सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले २३ प्रतिशत लाभांश दिने भएको छ । यस संस्थाले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौं । राजेन्द्र किशोर क्षेत्रीलाई सरकारले मूख्य सचिवमा नियुक्त गरेको छ । अाज बसेको मन्त्रपरिषद् बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । उनी उपराष्ट्रपति कार्यालय तथा उर्जा मन्त्रालयमा सचिवकाे जिम्मेवारी लिएका ब्यक्ति हुन् । केहि समय पछि निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

कतारमाथिको नाकावन्दी खोल्न अस्वीकार

आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौतापछि कतार माथिको नाकावन्दी हटाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले गरेको आग्रहलाई साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन, तथा इजिप्टले अस्वीकार गरेका छन् । कतार र अमेरिका वीच मंगलबार दोहामा आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौता भएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थतामा भएको कतार अमेरिका सहमति अपर्याप्त भएको साउदी नेतृत्वको चार खाडी मुलुकले बताएका छन्। उनीहरुले अमेरिकी विदेशमन्त्रीको मध्यस्थतामा भएको उक्त सहमति अपुग भन्दै उनीहरुले कतारमाथि …

पुरा पढ्नुहॊस »

बर्दियामा पोखरीमा डुबेर २ बालकको मृत्यु

बर्दिया । जिल्लाको बढैयाताल गाउँपालिका–३ जोडीपिपलमा पोखरीमा डुबेर स्थानीय कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको  ज्यान गएको छ ।

पुरा पढ्नुहॊस »