news

एनआईसी एशिया बैंकको १३३,शाखा मोरङको पथरीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मोरङको पथरीमा  संचालनमा ल्याएको छ ।  उक्त शाखाको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले गरेका छन् ।    बैंकले हरेक सम्भावित  बजार क्षेत्रमा  आफ्ना  ग्राहकलाई  सेवा  उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

पुरा पढ्नुहॊस »

बलिउड फिल्मको लागि गीत गाउँदै मिलन अमात्य

जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…   यी जस्ता अनेकाै‌ं मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्यले बलिउड फिल्मको लागि गीत गाएकी छिन् । कुमुद पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा एक कमेडी जनराको चलचित्र हो । गीतको लागि मिलनले फिमेल आवाज दिएकी हुन् भने मेल आवाज विश्वास नेपालको रहेको छ । हिरारत्न शीरिशको शब्द, विश्वास नेपालको संगीतमा बन्ने गीतमा आदेश गर्वुचामको संगीत संयोजन रहेको फिल्मको गीतको …

पुरा पढ्नुहॊस »

झापामा करेन्ट लागेर १ को मृत्यु

झापा । माछा मार्ने क्रममा झापामा करेन्ट लगाएर १  जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का  कृष्ण लिम्बु रहेका छन् । घाइते हुनेहरुमा बिमल रेग्मी,अबिशेक राई र आभाष राई छन् । स्थानीय अदुवाखोलामा माछा करेन्ट लगाएर मार्ने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा ७१ करोड

काठमाडौं । राष्ट्रिय  वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

पुरा पढ्नुहॊस »

न्यूयोर्कमा आंतकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते

न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँड्डुल गर्ने तथा साइकल चलाउने बाटोमा २९ वर्षीय सेफुल्ला साइपोब जथाभावी ट्रक चलाएका थिए । प्रहरीले उनलाई गोली प्रहार गरी हिरासतमा लिएको बताइएको छ । उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले कमायो साढे १३ करोड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा  गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पुरा पढ्नुहॊस »

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं ।  सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको  छ। ढुंगेललाई आफन्तको कोठामा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको  फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल लुकिछिपी बस्दै आएका थिए । अहिले ढुंगेललाई  हिरासतमा राखिएको र जेल चलन गर्ने तयारी भईरहेको प्रहरीले स्रोतले बताएको छ।

पुरा पढ्नुहॊस »

नायिका नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क । नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका  ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री   विधामा पुरस्कार जित्न सफल भएकी  हुन । नीताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको एकैसाथ चार शाखा विस्तार

काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले एकै चोटि  चार वटा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तू जिल्लाको चन्द्रौटा बजार, रुपन्देही जिल्लाको फर्साटिकर, खैरेनी र मणीग्राममा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । चार नयाँ शाखासँगै अब गरिमा विकास बैंकको शाखा संख्या ४९ पुगेको छ ।

पुरा पढ्नुहॊस »

क्याटलन टोलीसँग रियल पराजित

स्पेनिस लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले जिरोनाको घरेलु मैदानमा २–१ को हार बेहोरेको छ । क्याटलन समर्थकको बाहुल्यता रहेको मैदानमा रियलले जित दर्ता गर्न नसक्दा शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमायो । मिडफिल्डर इस्कोले पहिलो हाफमा सुरुआती अग्रता दिलाए पनि रियलले दोस्रो हाफमा दुई गोल खायो । क्रिस्टियन स्टुआनी र पोर्टुले दोस्रो हाफको चार मिनेट अन्तरमा गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाए । यो हारसँगै १० खेल …

पुरा पढ्नुहॊस »