बन्दकाे हल्लाले उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौं ।बन्दकाे हल्लाकै भरमा शुक्रबार बिहानैदेखि काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए ।

 

बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विगतको तुलनामा उपत्यकामा आज कम सवारी गुडेका छन् । हल्लाको प्रभाव उपत्यका बाहिर जाने सवारी साधनमा समेत परेको छ ।

निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका उपत्यकाका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

मौसमी प्रणाली सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी …

प्रतिकृया दिनुहॊस