कल्पना शर्मा

सार्वजनिक यातायातमा पशुवत व्यवहार !

सार्वजनिक यातायात मध्यम र निम्न वर्गीयले नचढी सुखै छैन । यी नागरिकसँग यसको विकल्प पनि छैन । आर्थिक अवस्था उन्नत हुनेहरु प्राईभेट सवारी साधनमा यात्रा गर्छन भने सामान्य आय हुनेहरु सार्वजनिक यातायातमा यात्रा गर्छन् । सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीको ताती भनी साध्य छैन । नेपाल यातायात लगायतका ठूला बसमा यात्रा गर्दा त सुविस्ता होईन, ज्यान नै जोखिममा राख्नुपर्छ । सहचालकले सिट भरिएपछि दुबै तर्फको सिटको वीचको खाली भागको लामो डण्डीमा …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र आइएमई जनरल कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।  

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्सबाट मृत्युदावी भुक्तानी

विराटनगर ।  एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विराटनगर शाखाबाट  सुनसरी गढी गॉउपालिका ३ का मृतक बीमीत पुसलाल मण्डलको  श्रीमती  रिखिया देवी मण्डललाई कम्पनीले बोनस सहित १ लाख ३१ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमित मण्डलको टिभी रोग लागि मृत्यु भएको थियो । उनले ६ वर्ष अगाडि अग्रिम भुक्तानीमा बीमा गरी २५ हजार रुपैयाँ फिर्ता लिएका भएता पनि सो रकम कट्टा नगरी निजको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले गर्याे दृष्टि विहिन विद्याथीलाई सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ्ग जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको विशेष किसिमको खेल सो– डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयंसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको छ ।

पुरा पढ्नुहॊस »

डिशहोमको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को  औं बार्षिक साधारणसभा हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । सो साधारणसभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको न्यूनतम प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ  । साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ।  संचालक समितिको अध्यक्षमा हेमराज ढकाल भएका छन् । नेपालमा रहेका …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बिच त्रि–पक्षीय सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशः प्रमुख कार्यकारी अधिकृत अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्मा  हस्ताक्षर गरे । यस समारोहमा टाइम्स रेमिटका महा प्रबन्धक सुदन सिंह सिलवालको पनि उपस्थिती रहेको थियो …

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकको नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता

माछापुच्छे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन् । नेपाल …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको जानकारी दिएकाे छ । सीईओ भट्टाराईले ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्नेछन् । सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ ।  

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक तथा अजोड इन्स्योरेन्सवीच बीमा सेवासम्बन्धि सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । साे सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी दिइएकाे छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको अनलाइन सेवा,घरबाट नै खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंकले  घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ। बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ।

पुरा पढ्नुहॊस »