सिम टि.भी. को थप मनोरञ्जनात्मक सामाग्रीहरु

काठमाडौँ। सिम टि.भी. ले थप मनोरञ्जनात्मक सामाग्रीहरु सार्वजनिक गरेको छ । सिम टि. भी. ले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एच.डि. , एक्सन स्पोर्टस् एच.डि. , प्लस मुभि , जुनियर टि.भि. , बलिउड बिट्स, सिने हिट्स  र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप गरेको हो ।

प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ ।  रमाइलो एच.डि. मा नयाँ नेपाली हाँस्य श्रृंखला ( माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला – आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिनेछ  ।

नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एच.डि. मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण का साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् ।

प्लस मुभि  च्यानल मा दैनिक लोकप्रिय नेपाली सिनेमाको मज्जा लिन सक्नुहुनेछ ।  हाम्रा भाइ बहिनी तथा छोरा छोरीहरुले जुनियर टि.भि. मा कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरुको मज्जा लिन सक्नेछन् ।

यो नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल हो । बलिउड बिट्स च्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सक्नुहुनेछ ।

गुञ्जन  च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्नेछ ।

विशुद्ध नेपाली चलचित्रका गीतहरु मात्र प्रशारण हुने च्यानल सिने हिट्समा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सक्नुहुनेछ ।

अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टि.भि.का ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् । सबैभन्दा भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टि.भी. प्रयोग गरी एक्सक्लुसिव च्यानलहरुको निःशुल्क सेवाको भरपुर मनोरञ्जन लिनुहोस् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री