काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको हाे । सरकारले खुल्ला प्रतिस्पर्धाबाट पुन दिगम्बर झालाई अध्यक्ष्यमा नियुक्ति गरेको हो । झालाई सरकारले ५ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्ती गरेको छ ।
प्राधिकरणको अध्यक्ष्य पदका लागि १५ जनाले आवेदन दिएका थिए । १५ जना मध्ये मन्त्रालयले निर्माण गरेको ३ सदस्यीय समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पेश थियो । अध्यक्ष्य पदको लागि दिगम्बर झा, बुद्धिप्रसाद आचार्य, अनिल झा, चुडामणि चौलागाईं, देवनारायण यादव, रवीन्द्र झा, शिवभूषण लाल, उज्वल प्रधानांग, रोहित रौनियार, भूपेन्द्र भण्डारी, मधुसूदन कर्माचार्य, खड्ग बस्नेत, शुसिल घिमिरे, आनन्दराज खनाल र पुरुषोतम खनाल रहेका थिए ।
तपाईंको प्रतिकृया




