महालक्ष्मी विकास बैंकको शाखा कैलारी गाउँपालिका र गोदावरी नगरपालिकामा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कैलाली जिल्लामा स्थापित बैंकका दुई शाखाहरु क्रमशः कैलारी गाउँपालिका वडा नं १, स्थित हसुलिया शाखा तथा गोदावरी नगरपालिका वडा नं १, स्थित अत्तरिया शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

दुवै शाखा कार्यालयहरुको समुद्घाटन सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले दीप प्रज्वलनका साथ गरेका थिए । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको पनि उपस्थिति रहेको थियो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस