ब्रिटिस कलेज र ई-वर्कस् बीच साझेदारीको घोषणा

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई–वर्कस्सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्वविद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उद्देश्यको साथ ब्रिटिस कलेजले महत्त्वपूर्ण साझेदारी गरेको जनाएको छ ।

ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । बेलायतको लन्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा बिस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको जनाएको छ ।

ई–वर्कस्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरु हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका प्रेस विज्ञप्तिमा उल्लेख छ । ई–वर्कस्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरु कस्तो छन् भन्ने प्रमाणित भएको जनाइएको छ । साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस्मा इन्टर्नशिप गर्ने मौका समेत पाउने र यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पुरा गर्न मदत पुर्याउने विश्वास रहेको कलेजले जनाएको छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरू पूरा गर्न मात्र नभई विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढवा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौँ ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भने ‘ब्रिटिस कलेजका ग्राजुयटहरुसँग काम गरिरहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरूले राख्ने धारणा बुझ्न उत्साहित छौँ ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरूले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरू प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरूले इन्टर्नशिप सुरु गरिसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढवा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्याउने ब्रिटिस कलेजको विश्वास रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds