काठमाडौँमा १००+ पन्च ईभीको डेलिभरी

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००+ युनिट बिक्री भएको छ । उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ ।

पन्च ईभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।

टाटा पन्च ईभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको …

प्रतिकृया दिनुहॊस