कांग्रेसको निष्कर्ष : उपसभामुख रानाले मार्ग प्रशस्त गर्नु उपयुक्त

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले अनुचित काम गरेको ठहर गर्दै राजीनामा मागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज (बुधबार) बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।‘कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो । आफैले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,’ घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन । उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ । मुलुकको पनि शीर झुकाएको कांग्रेसको बुझाइ छ ।’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो । सो विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए । मंगलबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए । तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विरोधमा उत्रिएका छन् ।

पाँच युवालाई अमेरिका जान भिसा अन्तर्वार्ताका लागि समय अगाडि सारिदिन माग गर्दै रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र पदीय आचरणविपरीत भएको भन्दै उनलाई राजीनामा दिन दबाब बढाएका हुन् । सहजै राजीनामा नदिए पदीय आचरणविपरीत काम गरेको आधारमा प्रतिनिधिसभामा दुईतिहाइ मत पुर्‍याएर हटाउने पक्षमा कांग्रेस र एमाले छलफलमा जुटेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds