मालिकार्जुनका शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध

काठमाडौँ । दार्चुला मालिकार्जुन गाउँपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्नुपर्नेछ । ‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागी/त्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध छ । अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ बैठकपछि जारी जानकारी पत्रमा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन …

प्रतिकृया दिनुहॊस