युक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेन्स्कीलाई युक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरुले युरोपेली मुलुकहरूको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका थिए । राष्ट्रपति जेलेन्स्कीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूले युद्धपछि युक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयतासम्बन्धी सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस