७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार १८८ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय कारोना विरुद्धको खोप लगाउँनेको संख्या ११ हजार ६९२ रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस