थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १९ पिसिआर परिक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस