काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, पछ्याउँदै केशव स्थापित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । हलो चिन्हले हलो ५२१ मत पाएको छ ।

मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २२१ मत पाएका छन् । उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ। मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ। अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गौशाला सडककिनार अतिक्रमण गरी बनाएका संरचनाहरू भत्काइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after