मतगणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ। मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ। मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ। जहाँ तीन पालिका एमालेले जितेको छ। त्यस्तै, डोल्पाको एक पालिकामा पनि एमालेले जितेको छ।

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।

नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ। नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस