मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडाैँ । धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ढल्केवर—जनकपुर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-२ नक्टाझिजस्थित अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका-७ किसाननगरका सन्जीव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । उनका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००२प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after