प्रत्येक मतदानस्थलमा २०० स्वयंसेवक खटाउँदै एमाले

काठमाडौँ । नेकपा (एमाले)ले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

एमाले जनसंगठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासंघ, भूपू सैनिक, खेलकुद महासंघ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after