निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार !

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।

आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ । यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after