जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको विद्युत आयोजना बनाउँदै भारत

एजेन्सी । भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । ५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजनामा २७ सय मानिसले रोजगारी पाउनेछन् ।

चेनाब भ्याली पावर प्रोजेक्ट्स लिमिटेडले बनाउने यो आयोजना जम्मु कस्मिर जिल्लाको किस्तवारस्थित चेनाब नदीमा निर्माण हुनेछ । भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ ।

यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रूपैयाँ लगानी हुनेछ । जम्मु कस्मिरमा भएका नदीहरूबाट २० हजार मेगावाट बिजुली निकाल्न सकिने अध्ययनहरूले देखाएका छन् । तर अहिलेसम्म त्यहाँ २ हजार ४ सय मेगावाट बिजुलीमात्रै निकालिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस