पेप्सिकोलामा दुर्घटना : युवकको मृत्यु

काठमाडाैँ । काठमाडौंको पेप्सिकोलामा रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालीकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराति पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस