नियमित खोप कार्यक्रममा टाइफाइड खोप समावेश

काठमाडौँ । टाइफाइडविरुद्धको खोप नियमित खोप तालिकामा थपिएको छ । सरकारले बिहीबारदेखि खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत टाइफाइड खोपको शुरुवात गरेको हो ।

वैशाख १८ सम्म चल्ने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । यस अभियानले वृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ । देशभरिका ग्रामिण र शहरी क्षेत्रहरूमा ५० हजारभन्दा बढी विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइँदैछ ।

अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन् । टाइफाइडबाट अधिक प्रभावित मुलुकहरूको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ ।

युनिसेफ नेपालका प्रतिनिधि एल्के विशले भने, ‘बालबालिकाको स्वस्थ्य जीवनको सुरुवातको लागि खोप एक राम्रो लगानी हो । राष्ट्रव्यापी नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि सामेल गर्नाले हजारौं बालबालिकाको ज्यान बच्नेछ। कोभिड-१९ महामारीले स्वास्थ्य सेवामा व्यापक रूपमा असर गरेको सन्दर्भमा टाइफाइड खोपको सुरुवात र नियमित खोप कार्यक्रमको सशक्तिकरण निकै समय सान्दर्भिक छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस