ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट

साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनि प्रालिद्वारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन्। अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने भएका हुन् ।

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन्।

पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे। आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन्।

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन्।

शून्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ। यस अघि कम्पनिले अजोड इन्सोरेन्ससँग इन्सुरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस