बिजबजारको बिजनेस पार्टनरमा साइन्टिफिक बिजनेश हव

काठमाडाैं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेट फर्मको बागमती विशेष प्रदेशको आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक बिजनेश हव प्रा.लि. नियुक्त भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक बिजनेश हव प्रा.लि. बीच हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक बिजनेश हबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन् ।

यस क्षेत्रमा साइन्टिफिक बिजनेश हब प्रा.लि. ले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ । बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारिक बिजनेस पार्टनरहरू नियुक्त गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस