एलआइसी नेपालद्वारा बाल समृद्धि नामक बीमा योजनाको शुभारम्भ

एलआइसी नेपालको पुतलीसडक स्थित मुख्य कार्यालयमा बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल , सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीहरू सँगै संयुक्त रुपमा बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेका छन् ।

यस योजनामा १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुनेछ। अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजानाको लागि बीमा योग्य हुन्छन् । बालबालिका १६ वर्ष पुगेपछि कुनै बीमा शुल्क बझाउनु पर्दैन । बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिनपछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० % को दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनशसहित रकम भुक्तानी हुने यस योजनाको विशेषता छ।

त्यसैगरी कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ-ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ % रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस