जर्मनीमा सकियो मर्केल युग, ओलाफ शल्त्स बने नयाँ चान्सलर

एजेन्सी । जर्मनीको नयाँ चान्सलरको रुपमा ओलाफ शल्त्सले शपथ लिएका छन् । योसँगै जर्मनीमा एन्जेला मर्केलको कार्यकाल सकिएको छ । उनी पछिल्लो १६ वर्षदेखि यो पदमा थिइन् ।

ओलाफ शल्त्स जर्मनीका तीन पार्टीको गठबन्धनबाट चान्सलर बनेका हुन् । ६३ वर्षीय ओलाफ शल्त्स मर्केलको सरकारमा भाइस चान्सलरको रुपमा थिए । यो पदमा उनले महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए ।

जर्मनीमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जर्मनीको संसदले पनि उनले नियुक्तिलाई स्वीकृति दिएको हो । संसद्मा उनले ३९५ मध्ये ३०३ भोट पाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस