काठमाडौँ । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । खोप लगाउन छुटेका सबै नागरिकलाई लगाउने तयारी भएको हो ।
देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो । अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध छ ।
अहिले उच्च जोखिममा रहेका गर्भवतीलाई मात्र खोप लगाइएकोमा अब तीन महिला पुगेका सबैलाई खोप लगाइने भएको हो । दुई तिहाइ जनसङ्ख्यालाई पुस मसान्तसम्म तथा बाँकी सबैलाई चैत मसान्त खोप लगाइसक्ने सरकारको तयारी छ ।
खोप लगाउन बाँकी १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप डिसेम्बरभित्र आउने मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहॊस