कोरोना अपडेटः ५१३ जनामा संक्रमण पुष्टि, ८१७ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षण गर्दा ४३८ जना र १ हजार ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ गरी ५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३४५ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ८ हजार ५३४ र एन्टीजेनबाट ९३ हजार ९८० पुगेको छ।

नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस